ad ad

ग्लोबल


युक्रेनलाई मिलेन नेटोको सदस्यता, लामो दूरीका हतियार र सुरक्षाको आश्वासन मात्रै

युक्रेनलाई मिलेन नेटोको सदस्यता, लामो दूरीका हतियार र सुरक्षाको आश्वासन मात्रै

नेपालखबर
असार २८, २०८० बिहिबार १२:५७, काठमाडौँ

युरोपेली देश लिथुआनियामा २ दिनसम्म चलेको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सम्मेलन सकिएको छ। 

तर उक्त सम्मेलनले युक्रेनको सदस्यताबारेमा कुनै निर्णय लिन सकेन। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको मागअनुसार नेटोले सदस्यताबारे कुनै निर्णय गरेन। 

यो सम्मेलनमा युक्रेनलाई सदस्यताबारे ठूलो घोषणा हुन सक्ने अनुमान थियो। तर युक्रेनलाई सदस्यता नदिएको नेटोले सहयोगको आश्वासन मात्रै दिएको छ। 

अर्कातिर युक्रेनमा युद्ध गरिरहेको रुसले नेटो सम्मेलनका क्रममा आक्रमक प्रतिक्रिया दिएको छ। 

राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध गरिएको टिप्पणीलाई लिएर रुस प्रतिकारमा उत्रिएको हो। 

रूसको विदेश मन्त्रालयले नेटो देश शीतयुद्धको हत्कण्डा अपनाइरहेको जनाएको छ। यसबाट उत्पन्न हुने जुनसुकै खतराको जवाफ आफूहरु दिन तयार रहेको रुसले जनाएको छ।

तर यो सम्मेलनका क्रममा नेटोमा मिसिने स्विडेनको योजना पनि पूरा हुने देखिएको छ। 

नेटोको बैठकमा युक्रेनलाई लामो दूरीका हतियार दिने घोषणा भएको छ। यसबारे प्रतिक्रिया दिँदै रुसले अमेरिकासहितका देशहरु युद्धलाई लम्ब्याउने दाउमा रहेको जनाएको छ। अर्कातिर सम्मेलनको अन्तिम दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनविरुद्ध कडा प्रतिक्रिया दिएका छन्। 

उनले पुटिनलाई लोभी भनेका छन्। युक्रेनमा हमला गरेर नेटोलाई तोड्ने पुटिनको योजनामा पनि फेल भएको उनले बताए। 

उनले अहिले पनि नेटो अझै शक्तिशाली भएर एकजुट रुपमा उभिएको बताएका छन्। यसको जवाफमा रूसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनलाई एफ-१६ फाइटर जेट दिएर नेटो देश परमाणु खतरा बोलाउन लागिरहेको जनाएका छन्। 

अर्कातिर यही सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनको मध्यस्थताबाट अन्तिममा टर्कीले नेटोमा स्विडेनलाई सामेल हुने बाटो खोलिदिएका छन्। 

युक्रेनमा रूसी हमलाको १६ महिनापछि नेटोको विस्तारमा यो ठूलो सफलता हो। एक वर्षमा नेटोमा २ नर्डिक देश (फिनल्यान्ड र स्विडेन) को सदस्यताबाट उत्तरी युरोपमा रूसविरुद्ध नयाँ रक्षा कवच मिल्नेछ।

मार्च २०२२ युक्रेनमा रूसको हमलापछि स्विडेन र फिनल्यान्ड दुवै आफ्नो तटस्थताको नीति छोडेर अप्रिलमा २०२२ मा नेटको सदस्यताका लागि आवेदन दिएका थिए।  फिनल्यान्ड नेटोको ३१ औँ सदस्य बनेको छ। तर टर्की र हंगेरीको विरोधका कारण स्विडेनको सदस्यता रोकिएको थियो। 

अब स्विडेन नेटोको ३२ औँ सदस्य बन्दैछ। स्विडेनको यस निर्णयले नेटोको शक्ति त बढ्ने छ भने रूसलाई रोक्न पनि बल मिल्नेछ। फिनल्यान्डपछि स्विडेन नेटोमा मिसिँदा युरोपलाई उत्तरमा रूसविरुद्ध बलियो सुरक्षा पर्खाल मिल्नेछ।

सन् १८१४ यता स्विडेनले कुनै युद्ध लडेको छैन। स्विडेनले २०० वर्षयता कुनै पनि युद्ध लडेको अनुभव छैन। सन् १८१४ मा स्विडेन-नर्वे युद्ध भएको थियो। दुवै विश्व युद्धमा पनि स्विडेन तटस्थ थियो।

स्विडेन नेटोको सक्रिय सहयोगी रहेको छ। उसले इराक, अफगानिस्तानमा शान्ति सेना पठाएको थियो। तर रूसले युक्रेनमा हमला गरेपछि स्विडेन आफ्नो तटस्थ नीति छाड्न बाध्य भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .