ad ad

ग्लोबल


भाजपाले सार्वजनिक गर्‍यो ९ वर्षका ९ उपलब्धि, कांग्रेसले दियो जवाफ

भाजपाले सार्वजनिक गर्‍यो ९ वर्षका ९ उपलब्धि, कांग्रेसले दियो जवाफ

नेपालखबर
जेठ ३१, २०८० बुधबार ८:९, काठमाडौँ

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले यो वर्ष केन्द्रमा आफ्नो नौ वर्ष पूरा गर्दैछ। यस अवसरमा जब बीजेपीले आफ्नो उपलब्धिहरू गणना गरेर ९ उपलब्धी सार्वजनिक गरेको छ।

आफ्ना उपलब्धीमा भाजपाले भारतीय कांग्रेसको आलोचना गरेको छ। ऐतिहासिक उपलब्धी हासिल गरेको दाबी भाजपाले गरेको छ।

जवाफमा भारतीय कांग्रेसले ९ वटा प्रश्न गरेको छ। 

मे २०१४ मा पूर्ण बहुमतका साथ सत्तामा आएको भाजपाले यस अवसरमा दुई दिनअघि सामाजिक सञ्जालमा आफ्ना उपलब्धिहरूको सूची पोस्ट गरेको थियो।

उक्त पोस्टपछि विपक्षी कांग्रेसले पनि भाजपामाथि नौवटा प्रश्नहरू छेडेको छ। कांग्रेसले सामाजिक सञ्जालमा मात्रै प्रश्न उठाएको छैन, देशका दुई दर्जनभन्दा बढी सहरमा पत्रकार सम्मेलन गरेर भाजपा सरकारमाथि प्रश्न उठाएको छ।

बीजीपीले दाबी गरेका ९ उपलब्धी :
१)औसत मुद्रास्फीति दर संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकारमा ८.७ प्रतिशतत थियो। एनडीए गठबन्धनमा आबद्ध भारतीय जनता पार्टी (भाजपा)को पालामा ४.८ प्रतिशत कायम भएको छ। कांग्रेसले आफ्ना साथीहरूलाई कोइला खानी लाइसेन्स दियो, एनडीएले पारदर्शी प्रणाली लागू गर्यो।

२) चामलको न्यूनतम समर्थन मूल्य यूपीए शासनकालमा ३.०९ लाख करोड थियो। एनडीएको पालामा १०.६४ लाख करोड दिइएको छ। ९ वर्षमा किसानको आम्दानी दोब्बर भयो ।

३) एलआईसीको नाफा एक वर्षमा २७ गुणाले बढ्यो, एसबीआईले पनि एक त्रैमासिकमा ठूलो नाफा दर्ता गर्‍यो।

४) यूपीए वा नेहरूको पालामा मात्रै चीनले भारतीय भूमि कब्जा गरेको थियो। एनडीए चीनको अगाडि झुकेको छैन।

५) कांग्रेस र घृणाको राजनीति समानार्थी शब्द हुन्, त्यसैले यो देशका अधिकांश ठाउँमा सखाप भइसकेको छ।

६) कांग्रेसले ओबीसी आयोगको संवैधानिक दर्जाको विरोध गर्दै पहिलो आदिवासी महिला राष्ट्रपतिको अपमान गरेको थियो। जसले तीन तलाकको विरोध गरेकी थिइन्।

७) कांग्रेसका वकिलअनुसार आदेश नलेखेको भन्दै कांग्रेसले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने धम्की दिएको थियो।

८) मोदीको नेतृत्वमा सरकारका योजना सिधै जनतासम्म पुगे।

९) कोरोना महामारीको समयमा, कांग्रेसले डर फैलाएको थियो। जबकि विश्वले कोभिड व्यवस्थापनमा भारत सरकारको कामको प्रशंसा भएको थियो।

भारतीय कांग्रेसले भाजपाले आफ्ना उपलब्धी सार्वजनिक गरेपछि ९ वटै जवाफ दिएको छ।

कांग्रेसका ९ जवाफ :

१) किन बढ्दै छ मुद्रास्फीति? बेरोजगारी? किन धनी झन् धनी र गरिब झन् गरिब हुँदैछन्?

२) कृषि ऐन फिर्ता लिँदा किसानलाई गरेका वाचा किन कार्यान्वयन भएन? किन न्यूनतम समर्थन मूल्य कानुनी रूपमा ग्यारेन्टी गरिएको छैन?

३) किन जनताको खुनपसिनाको पैसा आफ्नो साथी अदानीलाई सहयोग गर्न एलआईसी र एसबीआईमा लगानी गरिँदै छ? किन केही मान्छेलाई देश छोडेर भाग्न दिइयो?

४) महिला, दलित, अनुसूचित जाति, अनुसूचित जनजाति, ओबीसी र अल्पसंख्यकमाथि हुने अत्याचारमा सरकार किन मौन छ?

५) सन् २०२० मा चीनलाई क्लिन चिट दिइए पनि भारतीय भूमिमा किन बसिरहेको छ ?

६) चुनावी राजनीतिमा अगाडि बढ्न जानीजानी घृणाको राजनीति किन गरिँदैछ?

७) विगत नौ वर्षमा संवैधानिक मूल्य र गणतन्त्रवादी संगठनलाई कमजोर बनाउने काम किन गर्नुभयो? विपक्षी दलहरुप्रति किन शत्रुतापूर्ण व्यवहार?

८) गरिब, विपन्न र जनजातिका लागि बनाइएका योजनाहरूलाई बजेट घटाएर किन कमजोर बनाइन्छ?

९) कोभिड–१९ बाट ४० लाखभन्दा बढीको मृत्यु भइसके पनि उनीहरुका परिवारलाई सरकारले किन क्षतिपूर्ति दिइएन? एक्कासी अचानक किन गरियो?

भारतीय कांग्रेससहितत तृणमूल कांग्रेस, भारत राष्ट्र समिति र आम आदमी पार्टीले पनि भाजपामाथि प्रश्न उठाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .