ad ad

समाज


राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार ८:३०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। 

हृदयाघात भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। 

‘स्वास्थ्य समान्य भएपछि उहाँ डिस्चार्ज हुनुभएको छ’, सचिवालय स्रोतले भन्यो। 

मंगलबार गंगालाल हृदयरोग केन्द्रमा पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो। 

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .