लामो समयदेखि चर्चा चलिरहेको युक्रेनी प्रत्याक्रमणको तयारी पुरा हुन थालेको युक्रेनका रक्षामन्त्रीले जनाएका छन्।
वसन्तको सुरुवातदेखि नै युक्रेनले रुसी सेनालाई पछाडि धकेल्न सुरु गर्ने अनुमान गरिँदै आएको थियो।
‘तयारी अन्तिम चरणमा पुगेको। अबको निर्णय जेनरल स्टाफको हातमा छ। भगवानको इच्छा, मौसम र कमान्डरहरुको निर्णयलगत्तै हामीले प्रत्याक्रमण सुरु गर्नेछौँ,’ रक्षामन्त्री अलेक्सेइ रेज्निकोवले शुक्रबार भने।
रुसको कब्जामा पुगेको मुलुकको दक्षिण र पूर्वी हिस्सा छुटाउने महिनौँदेखि युक्रेनले तयारी गरिरहेको थियो।
प्रत्याक्रमणका लागि आधुनिक हतियार प्राप्त भइसकेको पनि उनले बताए।
शुक्रबार नै रुसी उमन सहरमा रुसको आक्रमणबाट १४ जनाको ज्यान गएको छ। अन्यत्र थप दुई जनाको मृत्यु भएको जनाइएको छ।
राजधानी किभमा पनि क्षेप्यास्त्र र ड्रोन खसाइएको सरकारी अधिकारीहरुले जनाएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया