कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा १५ वर्षीया नाबालिगमाथि बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीले बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय पारस ठकुरी देउवालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार बलात्कार घटनामा देउवालाई सहयोग गरेको आशंकामा केही अन्य स्थानीय युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सोधपुछ भइरहेको छ।
बुधबार मध्यरातमा देउवाले घर नजिकको खेतमा बलात्कार गरेको भन्दै नाबालिगले शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन्।
पीडितको उजुरीपछि आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी डाँगीले बताए।
सानैदेखि भारतमा बस्दै आएकी ती नाबालिगा १२ वैशाखमा घर आएकी थिइन्। उनलाई देउवाले राति करिब दुई बजेतिर घरबाटै लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ।
आरोपित र पीडित नाबालिगबीच सामाजिक सञ्जालबाट चिनजान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
Shares
प्रतिक्रिया