सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री अमनलाल मोदीले सरकारी कर्मचारीहरुले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल आयल निगम कर्मचारी संघको नौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री मोदीले सो कुरा बताएका हुन्।
उनले सरकारी कर्मचारीहरुले सरकारको नीति अनुसार जनतालाई दिने सार्वजनिक सेवा सहज रुपमा दिन नसक्दा सरकारले आलोचना आउने गरेको भन्दै कर्मचारीहरुले जनता सकारात्मक हुनेगरी काम गर्न आग्रह गरे।
‘राजनीतिक दलहरुले निर्वाचनको बेलामा उठाएका एजेण्डाहरू सरकारमा आएपछि कार्यान्वयन गर्ने सरकारी कर्मचारीहरू हो। कर्मचारीहरुले सरकारको नीति सही तरिकाले कार्यान्वयन गर्नुभएन भने सरकारको विभिन्न तवरबाट आलोचना हुनेगर्छ,’ उनले भने, ‘जनताहरू तत्काल सेवा चाहन्छन्। कर्मचारीहरुले सार्वजनिक सेवा समयमा नदिँदा त्यसको अर्कोस् राजनीतिक दलमाथि गर्दोरहेछ।’
उनले पछिल्लो उपनिर्वाचनको परिणाम कर्मचारीहरूले सरकारले दिएका सेवाहरुको जनतालाई सकारात्मक बनाउन नसक्दाको परिणाम भएको उल्लेख पनि गरे।
मन्त्री मोदीले विभिन्न राजनितिक आन्दोलनबाट बनेका राजनीतिक दलका नेताहरुको संघर्षलाई समेत कर्मचारीहरुले काम नगर्दा उनीहरूको योगदान पानीको फोका जस्तै फुटेर जाने अवस्था देखिएको बताए।
उनले सरकारले गरेका काम कर्मचारीहरुमार्फत जनतामा सकारात्मक रुपमा जान नसक्दा जनताले विकल्पहरु खोज्न थालेको उल्लेख गरे।
‘विभिन्न राजनितिक आन्दोलनबाट बनेका राजनीतिक दलका नेताहरु विभिन्न संघर्ष गरेका हुन्छन्। तर कर्मचारीहरुले काम नगर्दा उनीहरुको योगदान पानीको फोका जस्तै फुटेर जान्छन्,’ उनले भने, ‘सरकारले गरेका काम कर्मचारीहरु मार्फत जनतामा सकारात्मक नजाँदा विकल्पहरु खोज्न थालेको हुन्छन्।’
सरकारले गरेका काम कर्मचारीहरुले सही तरिकाले नगर्दा जनतामा गएको नकारात्मक सन्देश गइरहेको उनले बताए।
‘कर्मचारीहरुले सत्य कुरा के हो भनर जनताहरुलाई नबुझाउँदा अहिले हामी भन्दा उमेरले पाको लागि युवा नेता देख्छन्। उहाँहरू कुनै अन्तरिक्षबाट आएका होइनन्। कुनै नयाँ फ्याक्ट्रीबाट आएका होइनन्,’ मन्त्री मोदीले अघि भने, ‘यही समाजको उत्पन्न भएका मान्छेहरू हुन्। तर उनीहरुले मात्रै गर्छन् भन्ने समाज हल्ला छ ’
मन्त्री मोदीले अहिले नै जादुको छडीबाट समाज परिर्वतन हाल्ने जस्तो सोच र दृष्टिकोणबाट जनमत बिग्रन थालेको पनि बताए।
Shares
प्रतिक्रिया