सशस्त्र सीमा बल (एसएसबी) ले भारतीय भूमि भएर अवैध रूपमा नेपाल प्रवेश गर्न खोजिरहेका दुई बंगलादेशी नागरिक पक्राउ गरेको छ।
एसएसबीको ४१औं बटालियनका जवानहरूले डाङ्गुजोत क्याम्पअन्तर्गत भारत–नेपाल सीमा चौकीमा रूटिन चेकिङअन्तर्गत दुई बंगलादेशी नागरिक पक्राउ गरेका हुन्।
पक्राउ पर्ने बंगलादेशी नागरिकसँग कुनै वैध कागजपत्रहरू थिएन्। एसएसबीका अनुसार चेङ्ग्राबाँधाबाट भारत छिरेका दुवै बंगलादेशी नागरिक नेपाल पस्ने कोशिशमा थिए। एसएसबीले थप अनुसन्धानका लागि दुवैलाई खोरीबारी प्रहरी चौकीमा सुम्पेको छ।
स्मरणरहोस्, पछिल्ला केही महिनायता भारतीय भूमि भएर नेपाल प्रवेश गर्ने तथा फेरि नेपालबाट भारत फर्केर यतै बसोबास गर्न खोज्ने अवैध बंगलादेशी नागरिकहरू भटाभट पक्राउ गरिरहेका छन्।
सशस्त्र सीमा बल (एसएसबी)का अनुसार गत दुई महिनाभित्र एक दर्जनभन्दा अधिक बंगलादेशी नागरिक परिसकेका छन्, जससँग कुनै प्रकारको वैध कागजपत्रहरू थिएनन्।
अवैध रूपमा भारत छिरेका बंगलादेशी नागरिकहरू भारतीय भूमि भएर नेपाल पस्ने र नेपालमा केही समय बिताएपछि पुनः भारत फर्केर यहाँ नै अवैध रूपमा बसोबास गर्ने खुलासा भइरहेको छ।
भारतीय भूमि भएर नेपाल पस्ने र पुनः नेपालबाट भारत छिर्ने कोशिश गरिरहेका अवैध बंगलादेशी नागरिकहरूलाई एसएसबीका जवानहरूले लगातार पक्राउ गरिरहेका छन्।
प्रतिक्रिया