ad ad

ग्लोबल


चिनियाँ विदेश मन्त्री चिन काङ भारत भ्रमणमा निस्किने

चिनियाँ विदेश मन्त्री चिन काङ भारत भ्रमणमा निस्किने

नेपालखबर
फागुन १६, २०७९ मंगलबार १७:५४, काठमाडौँ

चीनका विदेश मन्त्री चिन काङ भारत भ्रमणमा निस्किने भएका छन्। 

उनी भारत हुन लागेको विदेश मन्त्रीहरुको सम्मेलन जी-२० मा भाग लिन निस्किने भएका हुन्। 

चीनले मंगलवार यसको पुष्टि गरेको छ। चीनले २ मार्चमा नयाँ दिल्लीमा हुन लागेको सम्मेलन उनी सामेल हुने जनाएको छ। 

एक प्रेस वार्ताका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङ्गले जी-२० लाई विश्व अर्थव्यवस्थामा प्रमुख चुनौतीमा ध्यान दिनु जरुरी रहेको बताएका छन्। 

चीन यसका लागि सबै पक्षसँग कुरा गर्न तयार रहेको उनले बताएका छन्। जी-२९ विदेश मन्त्रीको बैठक बहुपक्षवादमा सकारात्मक सन्देश दिन सफल हुने पनि उनले बताएका छन्। 

जी-२० का सदस्य देशका विदेश मन्त्रीको सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन्। यसक्रममा उनले विश्वस्तरमा भारतको बढ्दो प्रभावबारे कुरा गर्ने भएका छन्। 

समाचार अनुसार बैंगलोरमा जी-२० का वित्त प्रमुखहरुको बैठकपछि विदेश मन्त्रीहरुको बैठक हुन लागेको हो। 

जी-२० सम्मेलनमा रूसका विदेश मन्त्री सर्गेई लावरोभ, अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कन र बेलायतका विदेश सचिव जेम्स क्लेभरली सहभागी हुनेछन्। भारतले गैर-जी २० सदस्यसहित ४० देशका प्रतिनिधिलाई निम्ता दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .