ad ad

ग्लोबल


चीनको सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार

चीनको सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार

नेपालखबर
पुस १०, २०७९ आइतबार ७:२०, काठमाडौँ

चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले शनिबार जनाएको छ। 

खानीमा इली काजाक स्वायत्त क्षेत्रअन्तर्गत यिनिङ काउन्टीमा दिउँसो १ः४० बजे दुर्घटना हुँदा ४० श्रमिकले खानीभित्र काम गरिरहेका भएपनि २२ जनालाई सकुशल बाहिर निकालिएको छ।

खानीमा काम गर्ने अन्य व्यक्तिलाई उद्धारका लागि आवश्यक पहल थालिसकिएको स्थानीय अधिकारीले जनाएका छन्। 

प्रशासनले खानी दुर्घटनामा सावधानी नअपनाइएको भन्ने फसेका कामदारको आरोपबारे आवश्यक अनुसन्धान भइरहेको बताएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .