अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ।
उक्त १७ खर्ब अमेरिकी डलरको ओम्निबस बिल बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदै छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गर्ने बताएका छन्।
एक हप्ताको निरन्तर छलफलपश्चात् चार हाजर पृष्ठ लामो उक्त प्रतिवेदन अब राष्ट्रपतिको हस्ताक्षरको पर्खाइमा छ।
आर्थिक वर्ष सन् २०२३ को लागि ठूलो खर्च कानुनमा गैररक्षा, घरेलु कार्यक्रमका लागि ७७२ अर्ब ५० करोड डलर र रक्षा कोषमा ८५८ अर्ब डलर समावेश छ। यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशतले बढेको छ।
यसले रुससँग चलिरहेको द्वन्द्वको बीच युक्रेनका लागि करिब ४५ अर्ब डलर आपतकालीन कोष पनि उपलब्ध गराउँदै छ। सैन्य गतिविधिमा ठूलो रकम खर्च गरेकोमा संयुक्त राज्य अमेरिकाको चर्को आलोचना भइरहेको बेला यो कोष आएको हो। रासस/सिन्ह्वा
Shares
प्रतिक्रिया