ad ad

रोचक


पतिले ज्यादा माया गरेको भन्दै पत्नीले मागिन् ‘तलाक’

पतिले ज्यादा माया गरेको भन्दै पत्नीले मागिन् ‘तलाक’

नेपालखबर
भदौ ८, २०७६ आइतबार १२:१९,

सम्बन्धमा विभिन्न कारणले फाटो आउँछ। सम्बन्ध बिच्छेदका विभिन्न कारणमध्ये, गरिबी, अन्यत्रै प्रेम, अविश्वास, इगो आदि प्रमुख रहेका छन्। तपाईंहरुले पनि यस्तै सुन्दै र पढ्दै आउनुभएको होला।

तर, हालै एक महिलाले आफ्ना पतिसँग ‘तलाक’ माग्नुको कारणबारे थाहा पाउनुभयो भने तपाईं आश्चर्यमा पर्नुहुनेछ।

युएईकी एक महिलाले पतिले ज्यादा माया गरेका कारण तलाक चाहेको बताएकी छन्। युएईको फुजैरास्थित सरिया अदालतमा ती महिलाले तलाकका लागि उजुरी दिएकी छन्। उनीहरुबीच विवाह भएको एक वर्षमात्रै भएको छ।

खलिज टाइम्सको रिपोर्ट अनुसार ती महिलाले पति धेरै माया गरेको स्वीकार गर्न नसकेका कारण तलाक दिने निर्णयमा पुगेको बताएकी छन्। ‘उनी मसँग कहिल्यै झगडा नै गर्दैनन्’, ती महिलाले अदालतमा भनेकी छन्, ‘मलाई कहिल्यै उदास हुनै दिन्नन्।'

उनले आफू पतिको ज्यादा माया र स्नेहका कारण तनाबमा परेको अदालतमा बयान दिएकी छन्। ‘म यति धेरै माया र स्नेहबाट तनाबमा परेकी छु’, उनले भनेकी छन्, ‘यहाँसम्म कि घरको सफाइ गर्नसमेत उनी मलाई मद्दत गर्छन्। कहिलेकाहीँ त मेरा लागि खाना समेत तयार गर्छन्। विवाहको १ वर्ष भयो अहिलेसम्म हामीबीच एक पटक पनि झगडा भएको छैन।’

रिपोर्टअनुसार पतिले ती मिलहालाई यति धेरै माया गरे र उनीप्रति यतिधेरै उद्धार रहे कि उनको जिन्दगी नरक बन्न पुग्यो। महिलाले अगाडि भनेकी छन्, ‘म एक लडाइँका लागि तड्पिरहेकी छु। तर, मेरो रोमान्टिक पतिसँग याे असम्भव छ। किनभने उनी मेरा सबै गल्तीमा माफी दिन्छन् र ममाथि उपहारको वर्षा गराउँछन्।'

उनले आफू श्रीमानसँग वास्तविकतामा रहेर बहस गर्न चाहेको बताउँदै उनले आफ्नो हरेक आज्ञा पालना गर्ने पति नचाहिएको बताइन्।

महिलाका पतिले आफूले कुनै गल्ती नगरेको र आफू एक आदर्श पति बन्न चाहेको प्रतिक्रिया दिएको रिपोर्टमा उल्लेख छ। ती पतिले अदालतसँग पत्नीको केश फिर्ता गरिदिन अनुरोध समेत गरेका छन्।

उनले विवाहको एकै वर्षमा यस्तो विषयमा फैसला गर्न उपयुक्त नहुने भन्दै आफूले गल्ती गरेको भए सुधार गर्ने बताए। उनले पति–पत्नीबीचको एक आपसमै मिलेर हल गर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .