ad ad

कारोबार


माटो ब्रान्डका अर्गानिक कृषि उपज बजारमा

माटो ब्रान्डका अर्गानिक कृषि उपज बजारमा

नेपालखबर
भदौ ८, २०७६ आइतबार १२:१९,

प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहले अर्गानिक कृषि उपजको उत्पादन तथा बिक्री वितरण शुरु गरेको छ।

बैंकिङ्ग, जलविद्युत् लगायतका आधा दर्जनभन्दा धेरै व्यवसायमा लगानी गरिरहेकाे समूहले आइतबार पत्रकार सम्मेलन गरी माटो नामक ब्राण्ड सार्वजनिक गरेको हो। ब्राण्डबाट देश भित्र उत्पादित विषादीमुक्त कृषिजन्य उत्पादनहरुको बिक्री वितरण गर्ने तथा कृषकहरुको स्तरोन्नति र रोजगारीको वातावरण सृजना गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले हाल झापामा रहेको २ सय बिगाहा जमीनमा बिषादी र रसायन प्रयोग नगरी कृषि उपजहरुको उत्पादन गरिरहेको छ। साथै देशभरिबाट नै विषादिमुक्त उत्पादनहरु संकलन गरी रहेको छ।

कम्पनीले बिभिन्न जिल्लाका कृषि सहकारी तथा अर्गानिक खेती गरिरहेका किसानहरुबाट संकलन गरी विषादिमुक्त कृषिजन्य उत्पादनहरुलाई माटो ब्राण्डको नाममा प्याकेजिङ गरी बजारमा ल्याइएको जानकारी दिएको छ। कम्पनीले ब्राण्डमाफत् अधिकतम मौसमी तरकारीको बिक्री वितरण गरी रहेको छ भने फलफूल, चिया, कफी, मसला, चामल, मह लगायतका कृषि उपजहरुको विक्रि वितरण चाडैं सुरु गर्ने तयारी गरेको पनि जनाएको छ।

माटोब्राण्ड हाल काठमाडौंका भाटभटेनी, बिगमार्ट लगायत स्टोरहरुमा उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .