अमेरिकी राज्य ओहायोमा यसैहप्ता एक ६ वर्षका बालकले गोली भरिएको बन्दुक विद्यालय लगेपछि प्रहरी अचम्ममा परेका थिए।
पछि थाहा भयो उक्त बन्दुक बालकका हजुबाको रहेछ। कोलम्बरस्थित किड्स केयर इलिमेन्टेरी विद्यालय पुगेका ती बालकले आफ्ना साथीलाई बन्दुकको बारेमा भनेपछि उनको साथबाट बन्दुक बरामद भएको थियो।
प्रहरी अधिकारी डेभ बुकी भन्छन्,‘मलाई लाग्छ कौतुहलताका कारण बालकले बन्दुक झोलामा हाले।’
बालक उमेरका भएकाले ती बालकमाथि कुनै अनुसन्धान नहुने जनाइएको छ। यद्यपी प्रहरीले ठूलो दुर्घटना टरेको बताएको छ।
प्रहरी भन्छन्,‘ट्रिगर दाबीएको भए ठूलो दुर्घटना निम्तने थियो।’ एजेन्सी
3
Shares
प्रतिक्रिया