ad ad

राजनीति


भक्तपुर १ (ख)मा नेकपा र कांग्रेस उम्मेदवारले गरे मनोनयन दर्ता

भक्तपुर १ (ख)मा नेकपा र कांग्रेस उम्मेदवारले गरे मनोनयन दर्ता

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ८:९,

प्रदेशसभा सदस्यका लागि भक्तपुर १ ‘ख’मा हुने उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी कांग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्।

 भक्तपुर १ (ख) मा नेकपाका देवीप्रसाद ढकाल (डीपी) र कांग्रेसका कृष्णप्रसाद भँडेलले मनोनयन दर्ता गरेका हुन्।

नेकपाको उम्मेदवार मनोनयनका लागि पार्टी सचिवालय सदस्य वामदेव गौतम, पूर्वमन्त्री एवं भक्तपुरकै सांसद महेश बस्नेत लगायतको उपस्थिति थियो भने कांग्रेसको उम्मेदवारी मनोनयनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा उपस्थित थिए।

तत्कालीन सांसद हरिशरण लामिछानेको मृत्यु भएपछि मंसिर १४ गते सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। प्रदेशसभामा उम्मेदवार बनेका ढकाल नेकपाका भक्तपुर जिल्ला सचिव हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .