बालकालिका तथा किशोर–किशोरीले अत्याधिक अनलाईन भिडियो गेम खेल्न थालेपछि चीन सरकारले अनलाईन भिडियो गेममा कर्फ्यू लगाएको हो।
चीन सरकारले अनलाईन भिडियो गेममा यतिबेला नयाँ नियम जारी गरेको छ। उक्त नियमअनुसार अनलाई गेम खेल्ने समय तालिका तोकिएको छ।
यो नियम चीनका सबै अनलाई गेमिङ प्ल्याटफर्ममा पनि लागू हुनेछ। नयाँ नियमअनुसार चीनमा अब १८ वर्षभन्दा कम उमेरका समूहले अनलाईन गेम बिहान ८ देखि राति १० बजेको समयसम्म खेल्न पाउने छैनन्।
सार्वजनिक बिदा तथा छुट्टीको समयमा भने २४ घन्टामा ३ घन्टा उनीहरुले अनलाईन गेम खेल्न सक्नेछन्।
अनलाईन गेमको बजारमा चीन विश्वकै ठूलोमध्ये एक मानिन्छ। यसबाट चीन सरकारले उल्लेखनीय राजस्व उठाउँदै आएको छ। न्युजुको अनुसार चीने सन् २०१८ मा अनलाईन गेमबाट ३८ अर्ब अमेरिकी डलर राजस्व उठाएको थियो।
मंगलबार चीन सरकारले एक वक्तव्य सार्वजनिक गर्दै नियम लागू गरेको हो।
सिन्ह्वा समाचार संस्थासँगको कुराकानीमा चिनियाँ अधिकारीले भनेका छन्,‘चीनका बालबालिका तथा किशोर किशोरीको मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्दै हामीले यो नियम ल्याएका हौं।’
प्रतिक्रिया