मेरी बास्सै टेली चलचित्रकी ‘चम्सुरी’अर्थात पल्पसा डँगोल गायीकाको रुपमा आएकी छिन्। हास्य अभिनेत्रीको रुपमा परिचित उनले आफूलाई गायनमा पनि अघि बढाउँदै छिन्।
पल्पसाले आफ्नो स्वरमा नयाँ गीत ‘काली काली दिलवाली...’ बजारमा ल्याएकी छिन्। नयाँ वर्ष २०२१ को अबसर पारेर यसलाई रिलिज गरिएको हो।
दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैँले अभिनय गरेकी छिन्। उनले यो गीतमा आफूले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन्।
यो भिडियोलाई पल्पसा आफैँले निर्देशन गरेकी हुन्। जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ। भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन्। भिडियोलाई पवन डँगोलले खिचेका हुन्।
यो गीतमा अशोक राईको संगीत रहेको छ। गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ। उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैँले संयुक्त रुपमा लेखेका हुन्।
प्रतिक्रिया