उनले उक्त सन्देशमा नयाँ वर्षमा मिहिनेतका साथ देशको हितको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेको केसीएनएले जनाएको छ।
केसीएनएका अनुसार किमले सन्देशमा भनेका छन्,‘नयाँ वर्षमा म हाम्रो जनताको आदर्श र चाहनाहरु साकार हुने नयाँ युगको सुरुवात गर्न कडा मिहिनेत गर्नेछु।’
कोरोना महामारीमा देशमा जटिल अवस्था सिर्जना भएकोमा किमले आफ्नो सन्देशमा माफीसमेत मागेको उल्लेख गरिएको छ।
नयाँ वर्षमा अब आर्थिक सुधारको कार्यक्रमहरु संचालन गरिने किमको भनाइ छ। उत्तर कोरियामा हालसम्म एक जनामा पनि कोरोना नदेखिएको बताइएको छ।
प्रतिक्रिया