टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्युजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी टोली सस्तोमै समेटिएको हो।
तर पाकिस्तानका लागि अजहर अलिले धैर्यपूर्वक ब्याटिङ गर्दै ९३ रन बनाएका थिए।
पाकिस्तानका अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन्।
पाकिस्तानका लागि अबिद अलिले २५, मोहम्मद रिजवानले ६१, फाहिम अस्राफले ३४ रन बनाएका थिए।
न्युजील्यान्डका लागि टिम साउदीले २, ट्रेन्ट बाउल्टले २ तथा म्याट हेनरीले १ विकेट लिएका थिए।
अब दोस्रो दिन सोमबार न्यूजील्यान्डले ब्याटिङ शुरु गर्नेछ। एजेन्सी
प्रतिक्रिया