ad ad

राजनीति


ओली एक पद छाड्न तयार हुनुभएको थियो, दुवै पद मागेपछि समस्या भयो : मन्त्री रायमाझी

ओली एक पद छाड्न तयार हुनुभएको थियो, दुवै पद मागेपछि समस्या भयो : मन्त्री रायमाझी

नेपालखबर
पुस १९, २०७७ आइतबार ८:२२,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–नेपाल समूहले केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन खोजेका कारण समस्या आएको बताए।

आइतबार रुपन्देहीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पार्टी एकताका लागि प्रधानमन्त्री ओली लचक भएर एक पद छाड्न तयार भए पनि दुवै पद मागेका कारण समस्या भएको बताएका हुन्।

‘सम्माननीय प्रधानमन्त्री ओलीले एउटा पद छोड्नु हुन्थ्यो, मिल्नका लागि लचकता अपनाउनु भएको थियो’, उनले भने, ‘हामीलाई थाहा छ, हामीले पहल गरेका थियौँ, तर उहाँहरुलाई अध्यक्ष र प्रधानमन्त्री दुवै चाहियो।’

उनले प्रचण्डले प्रधानमन्त्री र माधव नेपालले अध्यक्ष माग्दै हिँड्नुको कुनै तुक नभएकाे बताएका छन्। मन्त्री रायमाझीले प्रचण्ड–नेपालले पद माग्दै सडकमा झरेको र जनतामा जान अझै बाँकी रहेको बताए।

उनले एकताको क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो अध्यक्ष भएको र संसदीय दलको नेतामा पनि पपहिलो अध्यक्ष सर्वसम्मत रुपमा चयन भएको बताउँदै सहमति विपरीत अविश्वासको प्रस्तावको तयारी भएपछि संसद विगठन गर्नु परेको बताए।

उनले सरकारलाई काम गर्न नदिने र काम गर्न सकेन भनेर बदनाम गर्ने काम प्रचण्ड–नेपालबाट भएको आरोप लगाए।

‘आफू पार्टीको काम नगर्न, ध्यान जति सरकारमा केन्द्रित गर्ने अनि सरकारलाई काम गर्नै नदिने’, उनले भने, ‘घेराबन्दीमा परेको सरकारले राम्रा काम गर्दा पनि सरकारले काम गर्न सकने भनेर बदनाम गर्ने काम भयो।’

उनले प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी चलाउने समहतिविपरीत अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा आँखा लगाएको आरोप लगाए। ‘प्रचण्डको नजर पार्टीको भूमिकामा होइन सधैँ प्रधानमन्त्रीमाथि पर्‍यो’, उनले भने, ‘आफ्नो भूमिका रहेको पार्टीको काम गर्न छाडेर उहाँ प्रधानमनत्री माग्न थाल्नुभो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .