ad ad

राजनीति


प्रदेश र जिल्ला नेतृत्वको टुंगो लगाउन प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा

प्रदेश र जिल्ला नेतृत्वको टुंगो लगाउन प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा

नेपालखबर
पुस १९, २०७७ आइतबार ८:५७,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ।

आइतबार दिउँसो १ बजे पेरिसडाँडामा सुरु भएको बैठकले प्रदेश र जिल्लाको नेतृत्वको टुंगो लगाउने स्रोतले जनाएको छ।

‘आजको बैठकले प्रदेश र जिल्लाको नेतृत्वको टुंगो लगाउने छ’, स्रोतले नेपालखबरसँग भन्यो।

नेकपामा विभाजनपछि ओली पक्षले प्रदेशको नेतृत्वको टुंगो लगाए पनि प्रचण्ड–नेपाल समूहले भने अहिलेसम्म लगाएको छैन्।

Image may contain: 1 person, sitting

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठनपछि नेकपामा विभाजन आएको छ। प्रधानमन्त्रीको कदमविरुद्ध प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा छ। उक्त समूहले शनिबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ।

 आजको बैठकमा पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणको घोषित आन्दोलनका विषयमा समेत छलफल हुने बताइएको छ।

Image may contain: 2 people, people sitting

त्यस्तै विभाजनका क्रममा महासचिव विष्णु पौडेल ओली समूहमा लागेपछि रिक्त रहेको महासचिवका विषयमा छलफल हुने भए पनि आज भने त्यसको टुंगो नलाग्ने स्रोतले बतायो।

Image may contain: one or more people, people sitting and indoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .