ad ad

कला


बलिउडकै धनी अभिनेता बनेपछि अक्षयले बढाए पारिश्रमिक, कति पुग्यो?

बलिउडकै धनी अभिनेता बनेपछि अक्षयले बढाए पारिश्रमिक, कति पुग्यो?

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १३:२,

हालसालै फोर्ब्सले जारी गरेको सूचीअनुसार अक्षयकुमार बलिउडको सबैभन्दा धनी अभिनेता बनेका छन्। एकपछि अर्को गर्दै सफल फिल्म दिँदै आएको अक्षयले धनी अभिनेता बनेसँगै आफ्नो पारिश्रमिक बढाएर प्रतिफिल्म १२० करोड पुर्‍याएका छन्।

उनले आफूले तोकेको पारिश्रमिक घटाएर कुनै पनि फिल्ममा काम नगर्न बताएका छन्। हालै उनले १० वटा फिल्म साइन गरिसकेको र आगामी १० फिल्मबाट १२ सय करोड कमाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बच्चन पांडे से उम्मीदें

केही समयअघि अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ डिज्नी हटस्टारलाई ११० करोडमा बेचिएको थियो। यसले निर्माता र डिजिटल कम्पनीले पनि उल्लेख्य फाइदा उठाउन नसकेको बताइएको छ। तर, अक्षय कुमारका अन्य कुनै पनि फिल्म इन्टरनेटमा रिलिज भएका छैनन्।

उनका सबै चलचित्रहरू हलमा रिलिज हुने भएका छन्। यी चलचित्रहरूले आफ्नो लागत उठाउने नउठाउनेमा शंका रहे पनि अक्षयले आफूले कडा मेहनत गरेको भन्दै शुल्क लिएका छन्।

प्रियदर्शन की कॉमेडी थ्रिलर

अक्षयले हालै ‘हाउसफूल ५’ का लागि १२० करोड पारिश्रमिक माग गरे र निर्माण युुनिटले उनको माग पनि पूरा गर्‍यो। फिल्मको विस्तृत विवरण सार्वजनिक नभए पनि हाउसफूल सिरिज सबैभन्दा सफल सिरिजका रुपमा रहेको छ।

यसका अलवा अक्षयले मुदस्सर अजिजको नाम फाइनल हुन बाँकी रहेको कमेडी फिल्म, प्रियदर्शनको ‘फिर हेरा फेरि ३’, त्यस्तै ‘अन्तरंगी रे’, ‘राम सेतु’, ‘रक्षा बन्धन’, ‘पृथ्वीराज’, ‘बेलबटम’, ‘बच्चन पाण्डे’ र एकता कपुरको नाम टुंगिन बाँकी रहेको नयाँ फिल्म गरी १० फिल्म साइन गरिसकेका छन्। यी सबै फिल्ममा उनले १२० करोड पारिश्रमिक लिने गरी साइन गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्।

राम सेतु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .