ad ad

राजनीति


अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पूर्पक्षका लागि थुनामा (भिडियो)

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पूर्पक्षका लागि थुनामा (भिडियो)

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १३:६,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पूर्पक्षका लागि थुनामा राखिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए।

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना काण्डमा आरोपित बस्न्यातलाई विशेष अदालतको आदेश अनुसार पूर्पक्षका लागि थुनामा राखिएको हो।

सो काण्डमा आरोपित उनीलगायत धेरैजनाका विरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ।

बस्न्यात भौतिक योजना सचिव हुँदा बालुवाटारस्थित ललित निवासको सरकारी जमिन व्यक्तिको नाममा सार्न उनले खेलेको भूमिकासहित तीन वटा अभियोग लगाइएको छ।

बन्स्यातको निर्णयबाट सरकारलाई ९ करोड ६५ लाख रुपैया घाटा लागेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

२०७६ माघ २२ गते अख्तियारले बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा तयार गरेको थियो।

मुद्दामा कुल ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

विशेष अदालतले यस प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइने बस्न्यात दोस्रो व्यक्ति हुन्।

विशेष अदालतले यसअघि तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई पनि थुनामा पठाउने आदेश दिएको थियो तर विशेषको आदेशलाई उल्ट्याउँदै सर्वोच्च अदालतले उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। 

भिडियो : 

यो पनि :

बालुवाटार जग्गा अनियमितता : गच्छदारसहित १०० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

ललिता निवास जग्गा प्रकरणस् मालपोत अधिकृत थुनामा

सीआईबीले बुझायो ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन

ललिता निवास प्रकरण : माधव नेपालसँग प्रतिशोध लिने भित्र र बाहिरका प्रयास असफल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .