छायांकनमा रहेको फिल्म ‘पशुपति प्रसाद २’मा अभिनेत्री आँचल शर्माको इन्ट्री भएको छ।
आँचलले फिल्मको एक गीतमा नृत्य गर्ने छिन्। उनलाई सोही गीतको छायांकनका क्रममा छायांकन सेटमा बोलाइएको फिल्म निर्माण टिमले जनाएको छ।
आँचल यो फिल्ममा गीतबाहेक अन्य भूमिकामा देखिने छैनन्।
फिल्मका निर्देशक दीपेन्द्र के खनाल भन्छन्, ‘उहाँलाई नृत्यका लागि मात्रै लिएका हौँ। अहिले गीतको छायांकनमा उहाँ आउनुभएको हो। आँचल यो चलचित्रमा गीतमा मात्रै देखिनेछिन्। अन्य भूमिकामा हामीले अनुबन्ध गरेका हैनौँ।’
यो गीतमा आँचलसँग फिल्मका शीर्ष कलाकार विपिन कार्कीले नृत्य गर्नेछन्। गीतको छायांकन आज सकिने निर्माण टिमले जनाएको छ। फिल्मको शीर्ष भूमिकामा अनुबन्धित स्वस्तिमा खड्का यो गीतको सेटमा देखिने छैनन्।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ललगायत कलाकार शीर्ष भूमिकामा देखिने छन्। फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्।
फिल्म आउँदो दसैँमा रिलिज हुनेछ।
Shares
प्रतिक्रिया