ad ad

कला


सम्मान गर्न कलाकार खोज्दै विन्ध्यवासिनी

सम्मान गर्न कलाकार खोज्दै विन्ध्यवासिनी

नेपालखबर
चैत २८, २०७९ मंगलबार ९:५४, काठमाडौँ

विगत १३ वर्षदेखि श्रष्टालाई सम्मान गर्दै आएको विन्ध्यवासिनी फाउन्डेसनले यो वर्षबाट थप एक सम्मानको घोषणा गरेको छ।

फाउन्डेसनले लोकसंगीत क्षेत्रतर्फ सम्मान थप गरेको हो। ‘झलकमान लोकसंगीत सम्मान’ नामको उक्त सम्मान लोकसंगीतका क्षेत्रमा काम गर्दै आएका श्रष्टालाई प्रदान गरिने छ। 

हरेक वर्ष ‘विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड, विन्ध्यवासिनी संगीत साधना सम्मान, प्रेमध्वज संगीत रत्न सम्मान र विन्ध्यवासिनी कला पत्रकारिता सम्मान’ प्रदान गर्दै आइरहेको छ।  

लोक संगीतसँग सम्बन्धित कलाकारको हौसलाका लागि नयाँ सम्मानको घोषणा गरेको फाउन्डेसनले जनाएको छ। मुक्तिनाथ विकास बैंकको प्रस्तुति रहेको विन्ध्यवासिनी म्युजिक अवार्ड को १३ औँ संस्करण आगामी वैशाख २२ गते सम्पन्न हुँदैछ।

सोही समारोहमा बरिष्ठ संगीतकार प्रकाश गुरुङलाई  १ लाख नगद सहित ‘विन्ध्यवासिनी म्युजिक लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७९’ प्रदान गरिने छ।

यसैगरी गायिका सुक्मित गुरुङलाई ५० हजार नगद सहितको विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९, युवा गायक संगीतकार भविन ढुङ्गानालाई २५ हजार नगद सहित प्रेमध्वज संगीत रत्न सम्मान र सञ्चारकर्मी नरेश भट्टराईलाई २५ हजार नगदसहित विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गर्नेछ।

नयाँ घोषणा गरिएको सम्मान भने कसलाई गर्ने भनेर फाउन्डेशनले अहिलेसम्म टुंगो लगाएको छैन। यो सम्मानका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले श्रष्टाको नाम सिफारिस गर्नुपर्ने छ। सम्मानको सम्मान राशि २५ हजार रहने फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .