नेपाली फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’को टिजर सार्वजनिक भएको छ। आगामी वैशाख २१ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्मको टिजरमा अभिनेतना धिरज मगरलाई मात्रै समेटिएको छ।
टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ। अभिभावक र आफ्नो सपना फरक हुँदा युवाले गर्नुपर्ने संघर्ष फिल्ममा देखाउन खोजिएको छ।
फिल्ममा धिरज मगरका साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायत कलाकारले अभिनय गरेका छन्।
सुशान्त प्रजापतिको छायांकन रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। रेनशा राई राना र सोमनाथ खनाललले फिल्मको संवाद लेखनमा सहकार्य गरेका छन्।
फिल्ममा कालिप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत छ। रेनशा राई रानाले निर्देशन गरेको ‘आईएम ट्वान्टी वान’ले एक युवाको डान्सको सपनालाई प्रस्तुत गरेको छ।
Shares
प्रतिक्रिया