ad ad

खेल


तेस्रो टेस्ट म्याचमा अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

तेस्रो टेस्ट म्याचमा अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १३:१४, काठमाडौँ

बोर्डर-गावस्कर ट्रफीको तेस्रो टेस्ट म्याचमा भारतलाई अस्ट्रेलियाले लज्जास्पद हार चखाएको छ।

उक्त खेलमा अस्ट्रेलियाले भारतलाई ९ विकेटले हराएको हो।

खेलको तेस्रो दिन अस्ट्रेलियासामु जितका लागि केबल ७६ रन बनाउने लक्ष्य थियो। 

जसलाई पाहुना टोलीले खेलक सुरुवाती घण्टामै भेट्टाइदियो। यसक्रममा ट्रेभिस हेडले ४९ रन बनाए। 

पहिलो पारीमा १०९ बनाएर अलआउट भएको भारतीय टोली दोस्रो पारीमा १६३ रनमै समेटिएको थियो। 

अर्कातिर अस्ट्रेलियाको टोलीले जवाफी ब्याटिङका क्रममा पहिलो पारीमा १९७ रन बनाएको थियो। 

यससँगै बोर्डर-गावस्कर ट्रफीमा भारत अझै पनि २-१ ले अगाडि छ। 

अब सिरिजको अन्तिम भिडन्त ९ देखि १३ मार्चसम्म अहमादाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .