पछिल्लो पुस्ताकी अभिनेत्री सुहाना थापा कांग्रेस नेता प्रकाशमान सिंहमाथि आक्रोशित भएकी छिन्। काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमानको अन्तक्रियामा सहभागी हुन पुगेकी सुहाना त्यहाँबाट फर्किएपछि आक्रोशित भएकी हुन।
प्रकाशमानले अन्तक्रियाका क्रममा शिक्षाको विकासमा पहल गरेको बताएका थिए। उनले अन्य दलका नेतालाई गालीको भाषा प्रयोग गरेको लगायतका विषयमा सुहानाले असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले सामाजिक सञ्जालमा लामो स्टाटस पोस्ट गर्दै प्रकाशमानलाई धोबीखोलाको अवस्था हेर्न सुझाव दिएकी छिन्। उनले नयाँ भवन बनाउन भन्दा पुराना भजन सुधार्न समेत सुझाव दिएकी छिन्।
यसपटकको निर्वाचनले देशको मुहार फेरिनु पर्ने सुहानाको तर्क छ। उनले सत्तामा रहेका नेतालाई उनीहरुले गरेका उपलब्धिका बारेमा प्रश्न गर्न समेत आग्रह गरेकी छिन्।
Shares
प्रतिक्रिया