राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट अगामी प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।
पार्टी सुशासन विभागका प्रमुख रहेका शाहीले सोमबार दिउँसो उम्मेदवारी घोषणा गर्दैछन्।
पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार थापागाउँस्थित अर्पण ब्यान्क्वेटमा उम्मेदवारी घोषणाको कार्यक्रम राखिएको छ।
आफूलाई ‘अभियन्ता’ बताउँदै आएका शाही राप्रपा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा गठित समितिको प्रस्तावमा शाही राप्रपा प्रवेश गरेका थिए।
कर्णाली प्रदेशको जुम्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार जिल्लाभरीमा राप्रपाको वडागत मत ५ सय १४ मात्र छ।
त्यहाँ कांग्रेसको मत १६ हजार ७५, माओवादीको १४ हजार १७५, एमालेको ६ हजार ९६५ र नेकपा एकीकृतको ६ हजार १९५ रहेको छ।
०७४ को प्रतिनिधिसभा निर्वाच्नमा तत्कालिन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का तर्फबाट विन बुढाले उम्मेदवारी दिएका थिए। उनले ३८० मतमात्र प्राप्त गरेका थिए।
जुम्लामा नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत निर्वाचित भएका थिए। उनले २२ हजार १ सय ७३ मत ल्याएर ०७४ मा प्रतिनिधिसभा सांसद निर्वाचित भएका थिए।
Shares
प्रतिक्रिया