ad ad

कारोबार


पेट्रोलियम पाइपलाइन उद्घाटनकाे पूर्वसन्ध्यामा के भने माेदीले?

पेट्रोलियम पाइपलाइन उद्घाटनकाे पूर्वसन्ध्यामा के भने माेदीले?

नेपालखबर
भदौ २३, २०७६ सोमबार १३:२३,

दक्षिण एशियाको पहिलो सीमापार पेट्रोलियम पाइपलाइनको मंगलबार उद्घाटन हुँदैछ। 

भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म ७० किलोमिटर लामो पाइपलाइन दुई देशबीचको पहिलो पाइपलाइन हो।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा पाइपलाइनमा उद्घाटन गर्दैछन्।

भारतीय प्रधानमन्त्री मोदीले पाइपलाइन उद्घाटनको पूर्व सन्ध्यामा ट्विट गर्दै पेट्रोलियम पाइपलाइन नेपाल भारत निकट द्विपक्षीय सम्बन्धको प्रतिक भएको बताएका छन्। मोतिहारी अमलेखगञ्ज पाइपलाइन दक्षिण एशियाको पहिलो पाइपलाइन भएको भन्दै मोदीले यो पुरै क्षेत्रमा ऊर्जा सुरक्षा र दिगो रुपमा पारवहन खर्च कटौति गर्ने बताएका छन्।

पाइपलाइनको ओली र मोदीले संयुक्त रुपमा मध्यान्ह सवा १२ बजे उद्घाटन गर्ने छन्। भारततर्फ ३२.५ र नेपालतर्फ ३७.५ किलोमिटर लामो रहेको पाइपलाइन निर्माण गर्नका लागि ४ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ।

जसबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ आउँछ। एक किलोलिटरमा एक हजार लिटर हुन्छ। नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङकी निर्माण गरिएको छ।

उद्घाटन पश्चात तत्काल बरौनी डिपोबाट डिजेल आउने छ। विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो। विसं २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए।

शुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ। पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको करिब ७५ करोड रुपैयाँ संयुक्त लगानी रहेको पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .