ad ad

कारोबार


नयाँ ए सिरिजका फोन सार्वजनिक गर्ने ओप्पोको तयारी

नयाँ ए सिरिजका फोन सार्वजनिक गर्ने ओप्पोको तयारी

नेपालखबर
भदौ २३, २०७६ सोमबार १३:७,

ओपोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ। सार्वजनिकको तयारीमा रहेका लोकप्रिय ए सिरिज अन्तर्गतका उत्पादनहरुमा “एनाइन २०२०” र एफाइभ २०२० रहेका छन्।

मध्यम वर्गीय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट फोटोग्राफी दिनुका साथै यसमा सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्रीपनि उपलब्ध गरिएको छ। समग्रमा भन्नु पर्दा ओपो ए सिरिज २०२०ले विभिन्न आवश्यकता सहितका उपभोक्ताहरुको माग सम्बोधन गर्नुका साथै विशेषगरी, जेनरेशन जी यूवाहरुका लागि उत्कृष्ट हुने बताइएको छ।

ए सिरिजको यात्रा

विगत १० बर्षदेखि ओपो ओभरसिज बजारहरुमा सक्रिय छ। ओपो ए सिरिजलाई वैश्विक बजारमा उपभोक्ताहरुले अत्यधिक रुचाएका पनि छन्। सन् २००९मा पहिलो ए सिरज मोडल, ए१०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि अतुलनिय मौखिक लोकप्रियताका साथमा रुचाइएको छ।

विगता १० बर्षमा अत्यधिक यूवा जमातले ओपो ए सिरिजलाई आफ्नो पहिलो स्मार्टफोनका रुपमा छनोट गरेका छन्। तिनले स्मार्टफोनको प्रयोगका बारेमा जान्नुका साथै यसमा रहेका क्यामेरा र एप्स लगायत प्रविधिले प्रयोगकर्तालाई सामाजिक हुने नयाँ तरिका खुलाउनुका साथै जीवनमा रहेका अनगिन्ति सम्भावना समेत औल्याउन सघाएको छ। यस दौरान ओपोले समय सान्दर्भिक नयाँ मोबाइल ट्रेण्ड्ससंग परिस्कृतिकरणपनि अपनाउँदै गएको छ। अहिले स्मार्टफोन फोन गर्ने वा उठाउने उपकरणमा मात्र सिमित नरही ब्यक्तिगत सहयोगीका रुपमा समेत स्थापित हुँदै गइरहेको छ।

जेनरेशन जी पुस्ताका आवश्यकताको समग्र समाधान

जीवनमा उत्कृष्टताको खोजी गर्दा गर्दै सम्झौता गर्नुपर्ने बाध्यताको अनुभव गरिरहेका यूवा जमातका लागि ओपो ए सिरिज २०२०ले थप सम्भावना प्रशस्त गरिदिएको छ। यसमा रहेको परिस्कृत ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा, डुअल स्टेरियो स्पिकर्स र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले प्रयोगकर्तालाई उपभोक्तालाई उत्कृष्टताको अनुभवका लागि मार्ग खुल्ला गरिदिएको छ।

ए सिरिज २०२० नाम सहित सार्वजनिक हुने तयारीमा रहेको यो मोबाइल नयाँ दशकको सुरुवात र मोबाइल प्रयोगकर्ताका नयाँ पुस्तालाई स्वागत गर्ने सोचका साथ भित्राउने तयारी थालिएको हो। त्यसैगरी नयाँ नामले अत्याधुनिक प्रविधिको प्रतिनिधित्वपनि गर्छ।

उत्पादनको सार्वजनिक मिति हालका लागि नतोकिएको भए पनि नजिकिँदै गरेको दशैं लक्षित गर्दै फोन सार्वजनिक हुने सम्भावना प्रबल रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .