कोशी राजमर्गअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका–१३, शिवधाराबाट सशस्त्र प्रहरीले गाँजा बोकेको ट्रकसहित २ जनालाई पक्राउ गरेको छ।
धनकुटाबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा लाँदै गरिएको २ सय २७ किलो ४ सय ग्राम गाँजासहित चालक र सहचालकलाई बुधबार राति साढे १ बजे पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस (धरान) ले ट्रकमा ८ पोका गाँजा फेला परेपछि चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ बस्ने ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ बस्ने २८ वर्षीय चूडामणि कटुवाललाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट ६० हजार रुपैयाँ, ४ वटा मोबाइल सेट, बाटोको इजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र पनि बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
कारबाहीका लागि ट्रक, गाँजा र बरामद सामग्रीसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय (धरान) मा बुझाइएको छ।
Shares
प्रतिक्रिया