पोखरा महानगरपालिका–६, लेकसाइड बाराही चोकस्थित एनएमबी बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा युवक पक्राउ परेका छन्।
सोमबार राति एटीएम फुटाइरहेका बेला धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई प्रहरीले पक्राउ गरेको हो।
एक जना व्यक्तिले एटीएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय (बैदाम) बाट गएको प्रहरीले उनलाई १ थान खुकुरीसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
45
Shares
प्रतिक्रिया