ad ad

अटो


रिकन्डिसन गाडी किन्नेको हटस्पट बन्दै सिप्रदी एस्योर्ड

रिकन्डिसन गाडी किन्नेको हटस्पट बन्दै सिप्रदी एस्योर्ड

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ९:३९,

झन्डै १० वर्ष देखि रिकन्डिसन गाडीहरु खरिदबिक्री गर्दै आएको सिप्रदी एस्योर्डले टाटा मोटर्सलगायत अन्तर्राष्ट्रिय ब्राण्डका ठूलोदेखि साना गाडीहरु किन्ने ग्राहकलाई किनबेच तथा एक्सचेन्ज सुविधा र सेवा दिँदै आइरहेको छ।

सही मूल्यांकन र सही मूल्यमा गाडी किनबेच गर्ने र आवश्यक सल्लाह र परामर्श पनि दिने भएकोले अहिले सिप्रदी एस्योर्ड ग्राहकहरुको रोजाइमा पर्दै आइरहेको छ।

चाडपर्वलाई लक्षित गर्दै गाडी किन्न खोज्ने, मोटरसाइकलबाट गाडीमा अपग्रेड गर्न खोज्ने ग्राहकहरुलाई ध्यानमा राखेर ह्विल्समा डिल्स्स अफर दिइरहेको छ।

यो अफरअन्तर्गत रिकन्डिसन गाडीहरु खरिद गर्न इच्छुक ग्राहकहरुलाई फाइनान्स सुविधा, निःशुल्क आर्थिक वर्षको गाडीको कर, नामसारी र एक्सचेन्ज सुविधाहरुको व्यवस्था गर्दै आइरहेको छ। यसका साथै गाडीको मूल्यहरुमा आकर्षक छुटको व्यवस्था पनि गरिएको छ।

सिप्रदी एस्योर्डका सहमहाप्रबन्धक ध्रुव रेग्मीका अनुसार सामाजिक दूरी कायम गर्न भए पनि अहिले ग्राहकहरुको रोजाइमा रिकन्डिसन गाडीहरुको आकर्षण बढिरहेको छ।

रेग्मीले भने, ‘ग्राहकहरुलाई रिकन्डिसन गाडीहरुको खरिदमा सहजता ल्याउन र यो चाडपर्वको समयलाई ध्यानमा राखेर हामीले ग्राहकहरुको लागि विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेका छौ। साथै सिप्रदीएस्योर्डले ग्राहकहरुले गाडीमा लगानीगर्दाउच्चभ्यालु प्राप्तहोस् भन्ने उद्देश्यमा निरन्तर काम गरिरहेको छ।’

उनका अनुसार सिप्रदी एस्योर्डबाट गाडी किनेर सन्तुष्ट ग्राहकहरुले अरुलाई पनि रिफर गर्ने चलन बढ्दो क्रममा छ। यसले पनि ग्राहकहरुको विश्वास कम्पनीप्रति बढ्दै गएको पुष्टि गर्ने रेग्मीले बताए।

रिकन्डिसन गाडी किन्न सोची रहेका ग्राहकहरुले गाडीहरुको बारेमा बुझ्न र टेस्ट ड्राइभ गर्नको लागि थापाथलीस्थित सिप्रदी एस्योर्डको शोरूम जान सक्ने वा ९८०१९०२०६३ मा सम्पर्क गरी विस्तृत जानकारी लिनसक्ने कम्पनीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .