कियाले नेपालमा नयाँ मोडलको विद्युतीय कार किया इभी-६ बुकिङ खुला गरेको छ। भदौमा हुने नाडा अटो शोमा गाडी ल्याउनेगरी किया बुकिङ खुला गरेको हो।
कोरियाली कम्पनी किया मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङले सोल र निरो विद्युतीय मोडलपछि प्रिमयम सेगमेन्टको इभी ६ ल्याउन लागेको बताएको छ।
१ सय ६० किलोवाट पिक पावरको मोटर रहेको ईभी सिक्समा ७७.४ किलोवाट आवरको ब्याट्री रहेको छ। एक पटकको फुल चार्जमा ५१० किमीसम्म रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ।
फास्ट चार्जरबाट १० बाट ८० प्रतिशत १८ मिनेटमै चार्ज हुन्छ। गाडीको अधिकतम् स्पिड प्रतिघण्टा ११४ किलोमिटर रहेको छ।
गाडीको डाइमेन्सन १५ सय ५० एमएम उचाई, ४ हजार ६९५ एमएम लम्बाई र १८ सय ९० एमएम चौडाई रहेको छ। १६ एम्पियरको नर्मल चार्जरबाट ७ घण्टा २० मिनेट लाग्छ।
कम्पनीले बुकिङ खुल्ला गरेपनि आधिकारिक मुल्य सार्वजनिक गरेको छैन। १ करोड भन्दा बढी पर्ने अनुमान गरिएको छ। गाडीको सेफ्टी फिचर्समा हाईवे ड्राइभिङ एसिस्ट, हेडअप डिस्प्ले लगायतका आधुनिक फिचर्स रहेका छन्।
Shares
प्रतिक्रिया