ad ad

समाज


संकटकालिन राहत कोषको ६० प्रतिशत रकम कोभिड कोषमा जम्मा गर्न २५+समूहको माग

संकटकालिन राहत कोषको ६० प्रतिशत रकम कोभिड कोषमा जम्मा गर्न २५+समूहको माग

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ९:२९,

स्वतन्त्र नागरिक समाज ‘२५+समूह’ ले कोरोना संक्रमित बिरामीको उपचारमा जिम्मेवार बन्न सरकारसँग आग्रह गरेको छ।

समूहका संयोजक डा.उपेन्द्र गौतमले विभिन्न कोषमा रहेको रकमबाट ६० प्रतिशत रकम कोभिड कोषमा जम्मा गर्नसमेत माग गरेका छन्।

‘सांसदलाई दिइने विकास कोष, राजनीतिक औषधिउपचार कोष, राजनीतिक व्यक्तिहरुलाई बाँडिने वित्तअंश र जहाँजहाँ संकटकालिन राहत कोषहरु रहेका छन्, त्यहाँ त्यहाँबाट अहिले ६० प्रतिशत झिकेर कोभिड बिरामीको जीवन मृत्यु व्यवस्थापन, एकान्तबास र खाद्य सुरक्षाको लागि खर्च गर्न २५+ समूहले सरकारसँग अपिल’ गरेको डा. गौतमले जनाएका छन्।

यस्तै कोरोना संक्रमित बिरामी सरकारी अस्पतालमा निशुल्करुपमा भर्ना हुन सक्ने सरकारले निर्णय गरेको भएपनि त्यहाँ पुग्ने, सेवा पाउने प्रकृया हचुवा नै रहेको समूहको विज्ञप्तिमा उल्लेख छ।

समूहले अहिले खाली रहेका सरकारी स्कूल, कलेजका पूर्वाधारलाई यस्ता बिरामीको सेवा र एकान्तबास निम्ति व्यवस्थापन गर्नसमेत आग्रह गरेको छ।

यस्तै, समूहले स्थानीयस्तरमा सम्पर्कको संरचना, एम्बुलेन्स र मेडिकल टिमको प्रभावकारी व्यवस्था गर्नसमेत माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .