चर्चित भारतीय सवारीसाधन निर्माता टाटा मोटर्सले आफ्नो भारतीय यात्रुवाहक सवारीसाधन व्यवसायमा रणनैतिक विदेशी साझेदार खोज्ने भएको छ।
इकोनोमिक्स टाइम्सका अनुसार उक्त युनिटलाई ९४ अर्ब १७ करोड भारुको पूर्ण स्वामित्ववाला सब्सिडरीमा रुपान्तरण गर्न कम्पनीले विदेशी साझेदार खोजेको हो। यसका लागि टाटा समूहले धेरै सवारीसाधन निर्मातासँग छलफल समेत गरिरहेको छ। तीमध्ये युरोपेली र पूर्वी एसियाली अटोमेकरहरु सम्पर्कमा रहेका छन्।
कम्पनीले भारतको पेसेन्जर भेहिकल बिजनेसमा रहेको ४९ प्रतिशतसम्म सेयर बिक्री गर्नसक्नेछ। यो भनेको आर्थिक वर्ष २०२० को कम्पनीको कुल कारोबारको ४ प्रतिशत हो।
भारतीय कार व्यवसायमा रणनैतिक साझेदारको खोजी टाटाको फोर्डबार्ट २ अर्ब ३० करोड डलरमा जागुआर ल्यान्ड रोभर प्राप्ति गरेको १२ वर्षपछि आएको हो। उक्त सम्झौताले भारतीय कम्पनीलाई विश्वकै ठूला ‘अटोमोटिभ प्लेयर’ क्लबमा समावेश गरेको थियो।
यद्यपि उक्त युनिटको बहुमत सेयरमा आफ्नै नियन्त्रण कायम राख्ने कम्पनीका एक उच्च अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक्स टाइम्सले जनाएको छ।
कम्पनीले धेरै चिनियाँ कम्पनीहरु गिली, चांगान र चेरीसँग पनि छलफल गरिरहेको छ। जुन जेएलआरको चाइना भेन्चरमा ५० प्रतिशत साझेदार पनि हो।
टाटाले फ्रान्सको पीएसए ग्रुपसँग पनि छलफल गरिरहेको बुझिएको छ। तर पीएसए फियाट क्राइस्लरसँग मर्जरमा जाँदै छ। फियाटसँग टाटाको यसअघि नै भारतमा कार उत्पादनमा संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) छ।
टाटाको सब्सिडरी टीएमएल बिजनेस एनालिटिक्स सर्भिस टाटा मोटर्स पेसेन्जर भेहिकलमा रुपान्तरण हुनेछ भने उसैले ९४ अर्ब १७ करोड भुक्तानीका लागि ताजा सेयर जारी गर्नेछ। यदि कार बिजनेस अलग्गिए टाटा मोटर्स जेएलआर र अन्य सब्सिडरीमा कमर्सियल भेहिकल बिजनेस र लगानीमा केन्द्रित हुनेछ।
टाटा मोटर्स सन १९४५ सेप्टेम्बरमा तेल्कोका रुपमा सुरु भएको थियो। त्यतिबेला भाँडा र लोकोमोटिभ उत्पादन गर्ने कम्पनीले सन् १९५४ मा कमर्सियल भेहिकल निर्माणका लागि भेन्चर गरेको थियो। त्यसको तीन दशकपछि कम्पनीले पेसेन्जर कारमा हात हालेको थियो।
Shares
प्रतिक्रिया