कोरोनाको महामारी रोक्न पुनः लकडाउन गर्नेरनगर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गरिरहेका छन्।
पछिल्लो समय काठमाडौँ उपत्यका लागयत देशभर संक्रमितहरु बढ्दै गएपछि यसको रोकथामका लागि पुनः लकडाउन गर्नेरनगर्नेबारे प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गरेका हुन्।
प्रधानमन्त्रीनवास बालुवाटारका बिहान साढे ११ बजेदेखि सुरु भएको छलफल अहिले पनि जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजागाईंले जनाकारी दिए।
सो छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोरोना रोकथाम समितिका पदाधिकारी र सदस्यहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी छन्।
देशैभर कोरोना संक्रमित बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार अहिले नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० रहेको छ भने सक्रमणबाट ५७ जनाको ज्यान गइसकेको छ।
कोरोना समुदायमै फैलिएपछि अहिले बारा, पर्सा, जनकपुर विरानटनर लगायतका क्षेत्र सिल गरिएको छ।
प्रतिक्रिया