ad ad

अटो


अनलाइन मार्फत टाटा गाडीको तालिम

अनलाइन मार्फत टाटा गाडीको तालिम

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ११:१४,

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र टाटा मोटर्सको आयोजनामा नेपाल टिपर तथा ट्रक व्यवसायी संघ, कलंकी काठमाडौंमा आवद्द आफ्ना ग्राहकहरुलाई बीएसआईभी र बीएसभीआई सम्बन्धी तालिम अनलाइन मार्फत गराएको छ।

उक्त तालिममा संघका विभिन्न ग्राहकहरु गरेर १५ जनाको सहभागितामा रहेको थियो। टेक्नोलोजीका गाडीहरुमा के कस्ता नयाँ टेक्नोलोजी भित्रिएका छन्, गाडीका नयाँ प्रविधीलाई कसरी सहजीकरण गर्ने र यसका फाईदाहरु के के छन् भन्ने विषयमा तालिममा छलफल गरिएको थियो। आगामी दिनमा यस किसिमका महत्वपूर्ण तालिमहरु आफ्ना चालक तथा सहचालकलाई पनि दिनुपर्ने कुरा उक्त तालिममा व्यवसायीहरुले राखेका थिए।

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र टाटा मोटर्स नेपालका ग्राहक सेवा महाप्रबन्धक सामदेन लामाले अबको युग भनेको नविनतम प्रविधीको युग भएको र आउने दिनहरुमा आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय प्रविधीको साथ निरन्तर उच्चस्तरीय सेवा दिने विश्वास दिलाए।

Screenshot-Main.jpg

नेपाल टिपर ट्रक व्यवसायी समिती, कलंकीका अध्यक्ष राम कुमार चापागाइले यसरी अनलाइन मार्फत ग्राहक, व्यवसायी तथा देशभित्र विभिन्न प्राबिधिकहरुलाई दिइएको तालिमका लागि धन्यवाद दिए।

यो तालिममा बीएसआईभीको गाडीहरुको प्राविधिक तथा सैद्धान्तिक ज्ञान विस्तृत रुपमा दिएको थियो भने निकट भविष्यमा आइरहेका बीएसभीआई गाडीहरुको भने परिचित कार्यक्रम रहेको थियो।

यसका साथै सिप्रदीले सरकारद्वारा जारी गरिएको लकडाउनको नियम पालना गर्दै आकस्मित सेवा प्रदान गर्दै आएका सवारी साधनहरुको लागि २४सै घण्टा सेवा दिइरहेको छ। केही परि आएको अवस्थामा १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गरेर २५ स्थानबाट सेवाका लागि परिचालित कम्पनीको डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .