अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गएराति युवक मृत फेला परेका छन्। मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ। मृत्युको कारण यकिन हुन नसकेको उनले बताए।
गएराति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको विष्टले बताए।
102
Shares
प्रतिक्रिया