कतार विश्वकप अन्तर्गत डेनमार्क र फ्रान्सले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्। स्टेडियम ९७४ मा खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।
गोलका लागि केही अवसर सृजना गरेपनि अग्रता भने लिन सकेनन्। साविक विजेता फ्रान्स डेनमार्कलाई पराजित गर्दै एक खेल अगावै नकआउट चरण पुग्न चाहान्छ।
उता डेनमार्क पनि फ्रान्सलाई स्तब्ध गर्दै अनितम १६ को यात्रा बलियो बनाउने रणनितिमा छ।
प्रतिक्रिया