फिफा विश्वकपमा गोलगरेसँगै पोल्याण्डका मुख्य फरवर्ड रोबर्ट लेवान्डोस्कीले पेलेको किर्तिमानी बराबरी गरेका छन्।
दोस्रो पटक विश्वकप खेलिरहेका लेवान्डोस्कीले शनिबार एजुकेशन सिटी स्टेडियममा साउदी अरेबियाविरुद्ध पहिलो गोल गरे।
विश्वकपमा पहिलो गोल गरेका लेवान्डोस्कीले लगत्तै आँसु झार्दै भावुक भए। त्यसपछि टोलीका साथीहरु आएर उनको काँधमा थपथपाएका थिए।
खेलमा एक गोल गरेका उनले अर्को गोलमा असिस्ट प्रदान गरेका थिए। खेलको प्लेयर अफ दि म्याच लेवान्डोस्की नै भए।
समूह सी को दोस्रो खेलमा गोल गरेका लेवान्डोस्कीले पोल्याण्डका लागि ७७ गोल गरेका हुन्। गोलसँगै ३४ वर्षिय लेवान्डोस्कीले ब्राजिलका लागि ९२ क्याप खेलेका पेलेको गोल संख्या बराबरी गरेका हुन्।
पोल्याण्डका लागि १३६ खेल खेलेका लेवान्डोस्की अन्तर्राष्ट्रिय गोलकर्ताको शीर्ष १० मा प्रवेश गरेका छन्।
समूह चरणको पहिलो खेलमा मेक्सिको विरुद्ध पाएको पेनाल्टी प्रहार सदुपयोग गर्न नसक्दा लेवान्डोस्की किर्तिमानबाट टासढएका थिए।
सन् २०१८ मा लेवान्डोस्कीले पहिलो पटक विश्वकप खेलेका थिए। २०१८ को विश्वकपमा लेवान्डोस्कीले ३ खेल खेलेका थिए।
ं
Shares
प्रतिक्रिया