कतार विश्वकप छनोट २०२२ अन्तर्गत जारी अष्ट्रेलियाविरुद्धको खेलको पहिलो हाफमा नेपाल ३–० ले पछि परेको छ।
क्यानबेरास्थित जिओ स्टेडियममा जारी खेलको छैटौं मिनेटमा नै जेमी मकलरेनले अस्ट्रेलियालाई सुरुवाति अग्रता दिलाएका थिए।
फ्रिकिकबाट पाएको पासमा उनले डी बक्सबाहिरबाट गोल गरेका थिए। यस्तै खेलको १९ औं मिनेटमा मकलरेनले नै अस्ट्रेलियाका लागि दोस्रो गोल गरे। उनले हेडर गोल गरे। त्यसको चार मिनेट नबित्दै ह्यारी साउटरले तेस्रो गोल गरे। अस्ट्रेलियाका लागि उनको यो डेब्यू गोल समेत थियो।
पहिलो हाफको अन्त्यमा माथ्यु लक्कीले पेनाल्टीबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेपनि रेफ्रीले त्यसलाई अफसाइड दिएपछि नेपाल ३-० ले पछि परेको हो।
3
Shares
प्रतिक्रिया