ad ad

खेल


विश्वकप विजेता काफुका छोराको फुटबल खेल्दाखेल्दै मृत्यु

विश्वकप विजेता काफुका छोराको फुटबल खेल्दाखेल्दै मृत्यु

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १३:९,

ब्राजिलका पूर्व कप्तान तथा दुईपटकका विश्वकप विजेता काफुका जेठा छोरा ड्यानिलो फेलिकिानो डि मोरेसको मृत्यु भएको छ।

साओ पाउलोस्थित एक मैदानमा फुटबल खेल्दाखेल्दै हृदयघात भएपछि ३० वर्षका ड्यानिलोलाई अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा ड्यानिलोको मृत्यु भएको ब्राजिलिएन संचामाध्यमले जनाएका छन्।

Image result for kafu brazil

काफु

काफु यतिबेला ४९ वर्षका भए। उनले आफ्नो १६ वर्षे फुटबल करियरमा १४२ पटक देशको प्रतिनिधित्व गर्दै खेलेका थिए।

काफुका छोराको निधनमा शोक प्रकट गर्दै विश्वभरका फुटबल समर्थकले समवेदना प्रकट गरेका छन्। एजेन्सी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .