ad ad

कारोबार


सिप्रदियन सहायता संस्थाद्वारा बाढी पीडित टाटा गुरुलाई राहत वितरण

सिप्रदियन सहायता संस्थाद्वारा बाढी पीडित टाटा गुरुलाई राहत वितरण

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १२:५६,

सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हाल मात्र भैरहवाका बाढी पीडित स्थानिय मेकानिक्स टाटा गुरु दिपक दुधराजलाई राहत वितरण गरिएको छ। उनले गत महिना आएको बाढीका कारण आफ्नो घर र सम्पूर्ण सम्पत्ती गुमाएका थिए। दिपक दुधराज जस्तै मनसुनका कारणले धेरै जना घरबार बिहिन हुन पुगेका थिए।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरु, सिप्रदी कम्पनीजका प्रतिनिधिहरु र टाटा मोटर्सका प्रतिनिधिहरुको उपस्थितिमा ५० किलो चामल, ५ किलो दाल, ५ लिटर खाना पकाउने तेल अन्य खाद्य सामाग्री तथा लत्ताकपडाहरु राहत स्वरुप वितरण गरिएको थियो। उक्त राहत वितरण कार्यक्रममा टाटा मोटर्सका जनरल म्यानेजर विशाल पटेल र सिप्रदी अटोपाटर्स प्रा. लि. का जनरल म्यानेजर युवराज बुढाथोकीज्यूको उपस्थिति थियो।

यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहिन भएका छन्। सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुुहरु राहत स्वरुप वितरण गर्दैै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .