समान ३ खेल खेलेपनि शीर्ष स्थानको लिभरपुलभन्दा सिटी अझै २ अंकले पछि छ।
अगुइरोले केभिन डी ब्राउनीको क्रसमा ८ यार्ड नजिकैबाट पोस्टको बायाँ भागको तलपट्टी गरेको प्रहार गोलमा परिणत भएसँगै सिटीले अग्रता पाएको थियो।
पहिलो हाफको अन्त्यतिर रहिम स्ट्रर्लिङले डेभिड सिल्भाको पासमा अग्रता दोब्बर बनाए। पहिलो हाफको इञ्जुरी समयमा बर्नामाउथका परिवर्तित खेलाडी हेनरी विल्सनले २५ यार्डबाट फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए।
तर ६४औं मिनेटमा सिल्भाको पासमा अगुइरोले पुन: गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए। यो अगुइरोको करिअरको ४००औं गोल समेत हो।
जितसँगै ३ खेलबाट ७ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुलको त्यति नै खेलबाट ९ अंक छ। बर्नामाउथ भने ३ खेलबाट ४ अंकका साथ १०औं स्थानमा छ।
प्रतिक्रिया