महालक्ष्मी विकास बैंक लि. काे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका महाराजगंज शाखा र तुलसीपुर शाखाले वृक्षारोपण गरेका छन्।
महाराजगंज शाखाले काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–३, महाराजगंजदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ। उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा वृक्षारोपण गरी सोही वडाका अध्यक्ष दिपक केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेद्वारा गरिएको थियो।
महानगरपालिका हरियाली प्रवर्धन नीतिका साथै वातावरणीय संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले बैकले वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो। यसका साथै बैंकको तुलसीपुर शाखाले दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका–८, दुधेनामा पनि शनिबारका दिन नै वृक्षारोपण गरेको हो। बैंकका दुइ शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका विरुवा वृक्षारोपण गरेका छन्।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।
Shares
प्रतिक्रिया