ad ad

राजनीति


सामाजिक सुरक्षा योजना विदेशीको देखासिकी: माधव नेपाल

सामाजिक सुरक्षा योजना विदेशीको देखासिकी: माधव नेपाल

नेपालखबर
भदौ ८, २०७६ आइतबार १५:१२,

सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्टी जनाएका छन्।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पुर्वाधार विना नै विदेशीको देखासिकी गरी सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गरे। उनले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकले लागु गरेको प्रणाली लागु गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पुर्व आकलन गर्न नसकिएको तर्क गरे। फोहर मैला उठाउनेलाई पनि अनिवार्य प्यानको व्यवस्था प्रति पनि उनले असन्तुष्ट जनाए।

उनले भने, ‘अर्थतन्त्र सम्मृद्ध हुनुपर्यो आर्थिक अवस्था राम्रो हुनुपर्यो। सिंगो व्यवसाय फस्टाउँदै जानुपर्यो। आर्थिक गतिविधि तिब्र ढंगले संञ्चालन हुँदै जानुपर्यो। आर्थिक गतिविधि सुक्दै जाने, पूँजी पलायन हुदै जाने, रोजगारीका समस्या विकराल बन्दै जाने। यस्तो अवस्थाभित्र कुन ढंगले कदम चाल्दा ठिक हुन्छ भनेर विचार नपुर्याईकन कुनै पनि कदम चाल्नु हुँदैन।’

उनले मुलुकको पुर्वाधार र अर्थतन्त्रको मुल्यांकन नै नगरी यूरोपेली देशका प्रणालीलाई रातारात लागु गर्न खोज्नु गलत भएको टिप्पणी गरे।

राजधानीमै आइतबार भएको दुई भिन्ना भिन्नै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित समाजिक सुरक्षा योजना लागु गर्न मजदुरका नेताहरुकै संस्थाहरुले असहयोग गरेको बताएका थिए। फरक प्रसंगमा नेता नेपालले समाज सुधारको नाममा चाडपर्व मनाउ नपाउने गरी सरकारले नियन्त्रण गर्न नमिल्ने तर्क गरे।

विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले तीज सम्बन्धी कार्यक्रम पार्टी प्यालेसमा गर्न नपाउने भन्दै पत्राचार गरेको तर्फ लक्षित गर्दै उनले विभिन्न जात जातिको धर्म र संस्कृतिलाई नियन्त्रण गर्न खोज्नु गलत हुने धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .