फिलिप्पे कोटिन्होको दोहोरो गोल मद्दतमा आयोजक ब्राजिलले कोपा अमेरिकामा शनिबार बिहान भएको उद्घाटन खेलमा बेलिभियालाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
बार्सिलोनाका कोटिन्होले दोस्रो हाफको ५०औं मिनेट पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए भने त्यसको तीन मिनेट पश्चात नजिकैबाट हेडर गर्दै दोस्रो गोल गरे।
यस्तै परिवर्तित खेलाडी एभर्टन साइरेजले ८५औं मिनेटमा तेस्रो गोल गर्दै उपाधि दाबेदार टिटेको टोली ब्राजिललाई सुखद सुरुवात दिलाए।
प्रतियोगिताअघि नेमारका काण्डले ब्राजिलको प्रदर्शनमा असर पार्ने अनुमान गरिएको थियो। एकातर्फ ब्राजेलियन मोडलको नेमारमाथि बलात्कारको आरोप लगाएकी थिइन् भने अर्कातर्फ नेमारले लिगामेन्ट इञ्जुरीका काण कोपा अमेरिका गुमाएका थिए।
यदि पहिलो खेलमा ब्राजिलको पक्षमा नतिजा नआएको भए पेरिस सेन्ट जर्मनका स्टार नेमारलाई धेरैले सम्झने थिए। तर, कोटिन्होको प्रदर्शनले त्यस्तो अवस्था आएन्।
प्रतिक्रिया