चेक रिपब्लिककी बारबोराले पहिलोपटक ग्र्यान्ड स्लाम जितेकी हुन्।
बारबोराको यस उपाधिसँगै सन् १९८१ यता महिला सिंगल्सतर्फ चेक रिपब्लिकले पहिलोपटक यो पुरस्कार हात पारेको हो।
फाइनलमा रुसकी अनासतासिया पावलुचेन्कोवालाई उनले ६–१, २–६ र ६–४ को सेटमा पराजित गरेकी हुन्।
क्रेजसिकोवाले यसअघि ग्र्यान्ड स्लाम टुर्नामेन्टमा पाँचपकट डबल्सको उपाधि जितेकी थिइन्। २५ वर्षकी बारबोरा विश्व वरियतामा ३३ औं स्थानकी खेलाडी हुन्। जसका कारण उनले यो उपाधि जित्लान् भनेर सोचिएको थिएन।
महिला सिंगल्सतर्फको बारबोराको यस जितपछि फ्रेन्च ओपनले लगातार छैठौंपटक नयाँ विजेता पनि पाएको हो। इन्डियन एक्सप्रेस
3
Shares
प्रतिक्रिया