स्पेनिस क्लब रियल म्यड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किएका छन्। समर युरोपियन च्याम्पियनसिपका लागि छनोट गरिएको २६ सदस्यीय टोलीमा बेन्जेमा पनि समेटिएका हुन्।
सन् २०१५ मा सहकर्मीको व्यक्तिगत भिडिओ सार्वजनिक गरेको आरोपमा ३३ वर्षिय बेन्जेमा राष्ट्रिय टोलीबाट बाहिर थिए। उनी फ्रान्समै आयोजित युरोकप-२०१६ देखि राष्ट्रिय टोलीबाट बाहिर छन्। जसले गर्दा फ्रान्सले सन् २०१८ मा विश्वकप जित्दा पनि उनी सहभागी हुन पाएनन्।
सन् २००७ देखि राष्ट्रिय टोलीमा आबद्ध बेन्जेमाले ८१ खेलमा २७ गोल गरेका छन्। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २०२१ मा रियल म्याड्रिड छाडेपछि ३३ वर्षीय बेन्जेमा यसका मुख्य खेलाडी बनेका छन्। बेन्जेमाले यो सिजन रियलका लागि ४४ खेलमा २९ गोल गरिसकेका छन्।
फ्रान्सको टोली
गोलकिपरः ह्युगो ल्लोरिस (टोटेनहम), माइक मैग्गन (लक्स), स्टीभ म्यानडाण्ड (मार्सिले)
डिफेन्डरः लुकास डिग्ने (एभर्टन), लियो डुबोइस (लियोन), लुकास हर्नान्डेज (बायर्न म्युनिख), प्रिन्सेल किम्पेम्बे (पीएसजी)। जुल्स कोउन्डे (सेभिल्ला), क्लेमेन्ट लेंगेलेट (बार्सिलोना), बेन्जामिन पावर्ड (बायर्न म्युनिख), राफेल वाराने (रियल म्याड्रिड), कर्ट जोउमा (चेल्सी)
मिडफिल्डर: एनुगोलो कान्ते (चेल्सी), थोमस लेमर (एटलेटिको म्याड्रिड), पल पोग्बा (म्यानचेस्टर युनाइटेड), एड्रियन राबिओट (युभेन्टस), मौसा सिसोको (टोटेनहम), कोरेन्टिन तोलिसो (बायर्न म्युनिख)
फरवर्डः विसम बेन येड्डर (मोनाको), करीम बेन्जेमा (रियल म्याड्रिड), किंग्सली कोमन (बायर्न म्युनिख), औस्मान डेम्बेले (बार्सिलोना), ओलिभियर गिरौद (चेल्सी), एन्टोइन ग्रिजम्यान (बार्सिलोना), काइलियन एमबापे (पीएसजी) मार्कस थुराम (बोरुसिया मोन्चेन्ग्लाबाच)
प्रतिक्रिया